धनकुटामा परम्परागत गाई जात्रा
धनकुटा ९ भाद्र, परम्परागत रुपमा मनाइने सास्कृतिक पर्व गाई जात्रा आज धनकुटामा पनि मनाइएको छ ।

एक बर्ष भित्र दिवंगत भएकाहरुको सम्मान र सम्झनाका लागि नेवार समुदायले निकाल्ने गाई जात्रा आज धनकुटामा व्यवस्थित रुपमा निकालिएको नेव पुचका केन्द्रिय उपाध्यक्ष नविन किशोर शाक्ले वताउनु भयो ।
धनकुटा जिल्ला भरीका नेवार समुदायहरुले धनकुटाको श्रीवानीमा भेला भई निकालिएको गाई जात्राले धनकुटा बजारको विभिन्न भागहरुको परिक्रममा गरेको थियो ।












