Nepali News नेपालीसमाचारडटकम

Physical world & Digital World..
Physical world & Digital World..

आनी छोइङ डोल्मालाई भेट्दा
जसले जे रोप्छ उसले त्यही पाउँछ। – भगवान् बुद्ध

By राज श्रेष्ठ, कपिलवस्तु दिवस अभियान, सार्क संयोजक

‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’गीतबाट प्रसिद्धि  र  लोकप्रियताको शिखर चुम्न सफल हुनुभएकी आनी छोइङ डोल्मालाई भेट्न पाउँछु   भन्ने सायदै मैले कल्पना गरें हुँला। तर यो अवसर जुटाइ दियो, एउटा   अभियानसँगको मेरो सम्बद्धताले। भदौ महिनाको पहिलो शनिवार, कपिलवस्तु दिवस   अभियानका तर्फबाट सार्क संयोजकको रूपमा म, नेपाल संयोजक श्री लक्ष्मण पुरी,   यस अभियानका सल्लाहकारहरू लुम्बिनी विश्वविद्यालयका पूर्व रजिष्ट्रार तथा   गोरखापत्र दैनिकका पूर्व सम्पादक श्री केदार शाक्य, साहित्यकार  डा.कविताराम  श्रेष्ठ र ललितपुर जिल्लाका पूर्व मेयर तथा वरिष्ठ व्यक्तित्व  श्री  बेखारत्न शाक्य हामी पाँचजना आनीलाई भेट्न उहाँकै निवासस्थान बौद्ध  पुगेका  थियौँ।

सुन्दर र  जताततै हरियालीले घेरिएको उहाँको घरमा पुग्नासाथै अत्यन्त सौहार्द   वातावरणमा हामीले वार्तालाप सुरु गरिहाल्यौँ। स्वाभाविक रूपमा बौद्ध धर्म र   दर्शनबाटै वार्तालाप सुरु भयो। अहिलेको विश्वमा भगवान् बुद्धका   सन्देशहरूको महत्व बढ्दै गए पनि नेपालमा बौद्ध दर्शनसम्बन्धी कार्यक्रम   टेलिभिजन जस्ता सञ्चारमाध्यममा नगण्य मात्रामा प्रसारण भइरहेको भनिरहँदा   आनीको अनुहारमा देखिएका सौम्यतालाई म नियालिरहेको थिएँ। अत्यन्त शान्त र   सौम्य रूपमा उनी भन्दै थिइन्–भगवान् बुद्धका उपदेशहरू सरल रहेकाले जीवनमा   ग्रहण गर्न सहज पनि छ। कवि दुर्गालाल श्रेष्ठको शब्दमा आफ्ना भावना बोलेको   पाउनुहुन्छ उहाँ। आफ्नो हृदयले जुन भावना व्यक्त गर्न खोजेका हुन् ती   भावनालाई कवि दुर्गालालको शब्दमा भेटाउनु हुन्छ उहाँ। मन, मस्तिष्क र   भित्री हृदयदेखि गाउनुभएको छ उहाँले कवि दुर्गालालका गीतहरूलाई। उनका गीतका   शब्दहरू न्ह्यू बज्राचार्यको सुमधुर सङ्गीतले जीवन्त भएर श्रोताहरूको मन   भित्रैसम्म गड्छन्।

मानव मस्तिष्कले सम्पूर्ण त्रिपिटक कण्ठै गरे पनि जबसम्म हृदयले त्यो   ज्ञानलाई ग्रहण गर्दैन र व्यवहारमा देखिँदैन तबसम्म त्यो ज्ञान निरर्थक   हुन्छन् भन्नुहुन्छ आनी। उहाँको कथनमा सही थाप्दै सँगै बस्नुभएका बौद्ध   वाङ‌्मयका विद्वान् केदार शाक्य कृशा गौतमीको प्रसङ्ग कोट्याउँदै   भन्नुहुन्छ–कृशा गौतमीको पुत्रवियोगलाइ शमन गर्ने उद्देश्यले भगवान्   बुद्धले गौतमीलाई जन्मपछि मृत्यु अवश्यम्भावी छ भनी सम्झाउनु भएको थियो।

भिक्षाटनका लागि निस्केका एक युवा भिक्षुलाई देखेर एक सुन्दर युवती  मुग्ध  हुन्छिन्। आफ्नी एक सेविकामार्फत् ती भिक्षुलाई आफूकहाँ आउन  आमन्त्रण  गर्छिन्। युवा भिक्षु तिनको आमन्त्रण स्वीकार गर्छन् र ‘समय  आएपछि अवश्य  आउनेछु’ भनेर जवाफ फर्काउँछन्। अन्त्यमा क्षीण र रोगी भइसकेकी  तिनलाई लिन  भिक्षु आइपुग्छन्। आनी छोइङ डोल्मा बौद्ध साहित्यमा वर्णित यो  कथा सुनाउँदा  भाव विभोर बनेको स्पष्ट देखिन्छ। मित्र लक्ष्मण पुरीजी र म  ध्यानपूर्वक  सुनिरहेका छौँ। लक्ष्मणजी दुई दिनपछि सुरु हुन लागेको  स्नातकोत्तर  परीक्षाको तयारीलाई थाँती राखी आनीलाई भेट्न हामीसँगै  आउनुभएको थियो।

आनीको विचारमा भगवान् बुद्ध युग कै सबभन्दा ठूला मनोवैज्ञानिक   (Psychologist) थिए। केदार शाक्यजी उहाँको हो मा हो मिलाउनु हुँदै भगवान्   बुद्ध मनोवैज्ञानिक मात्र हैन ठूला मनोचिकित्सक (Psychiatrist) पनि थिए   भन्नुहुन्छ।

यसैबीच उहाँको नयाँ एल्बम, कवि दुर्गालाल श्रेष्ठको रचनामा नेपाल भाषाका   गीतहरूको सँगालो ‘मतकला’को एकएकओटा सिडी चक्का हामीलाई उपहारस्वरूप   दिनुभयो। नेपाल भाषामा आनीको यो पहिलो एल्बम हो। नेपालभाषा नबुझे पनि गीतका   प्रत्येक शब्दको अर्थ बुझेर ठीकसँग उच्चारण गर्न उहाँले निक्कै मेहनत   गर्नुभएको रहेछ। उहाँको स्वरमा नेपाल भाषामा गीत रेकर्ड गर्ने कवि   दुर्गालालजीको चाहनाअनुरूप यो एल्बम निकाल्न सफल भएको उहाँले बताउनु भयो।

यसपछि डा. कविताराम श्रेष्ठले उहाँको कृति ‘महाभिनिष्क्रमणका अस्वीकृत   पाइला’को बारेमा सङ्क्षिप्त जानकारी दिनुभयो। यस उपन्यासमा मूलतः   सिद्धार्थलाई बुद्ध बनाउने तत्कालीन परिस्थितिलाई विश्लेषण गरिएको उहाँ   बताउनुहुन्छ। त्यस युगमा उपनिषद्कालीन अन्योललाई चिर्दै  भगवान् बुद्धले   चार आर्य सत्यको माध्यमबाट जनतामा एउटा नयाँ सत्यको प्रतिस्थापन गर्नुभएको   थियो भन्ने कुरालाई अनुसन्धानात्मक रूपमा यस उपन्यासमा समेटिएको छ भन्ने   कुरा बताउनुहुन्छ डा. कविताराम। यस उपन्यासलाई तयार गर्न २५,२६ वर्षको   अनुसन्धान गर्नुपरेको उहाँ बताउनुहुन्छ। आनीले उहाँको कृतिको प्रशंसा गर्दै   उहाँलाई साधुवाद दिनुभयो। उहाँले सो कृतिको विमोचनका लागि डा.कविताराम   श्रेष्ठले गर्नुभएको अनुरोधलाई पनि सहर्ष स्वीकार गर्नुभयो। यो कृति केही   दिनभित्रै नेपाली पाठकसामु आउने भएको छ। यस कृतिको प्रकाशक कपिलवस्तु दिवस   विश्व अभियान कमिटी र विवेक सिर्जनशील प्रकाशन प्रा‍‍‍लि रहेका छन् ।

आनीसँग भेटघाट गर्नुको अर्को एउटा उद्देश्य पनि थियो। उहाँलाई कपिलवस्तु   दिवस अभियान विश्व कमिटिको सल्लाहकारमा बसिदिन हामीले अनुरोध गर्‍यौं। यस   अभियानबारे सङ्क्षिप्त जानकारी दिँदै यस अभियानका मूल उद्देश्यमा भगवान्   बुद्धका उपदेशलाई विश्वभर फैलाउनु र बुद्धजन्मस्थलबारे चलाइएका भ्रमलाई   निवारण गर्दै बुद्धजन्मस्थल लुम्बिनी र कपिलवस्तु नेपालमा नै पर्दछ भन्ने   कुरालाई विश्व जनमानसमा पुर्‍याउनु हो भन्ने कुरा हामीले उहाँलाई बतायौँ।   हालसम्म विश्वका १३ देशहरूमा हाम्रो सञ्जालको विस्तार भइसकेको छ भन्ने कुरा   पनि हामीले बतायौँ। भर्खरै दुई हप्ताअघि मात्रै बुद्धजन्मस्थलबारेको भ्रम   निवारणका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझायौँ भन्ने कुरा पनि  हामीले  उहाँलाई बतायौँ। हाम्रो अनुरोधलाई सहर्ष स्विकार्नु हुँदै उहाँका  आफ्ना  कार्यक्रमहरू पनि विदेशमा भइरहने हुनाले यस अभियानलाई पनि सँगै  लैजाने कुरा  बताउनुभयो। लुम्बिनी हाल प्रमोदस्थल (Disneyland)को रूपमा  विकास भइरहेको  उहाँलाई मन परेको छैन। घुमघामको स्थलको रूपमा मात्रै  लुम्बिनीलाई लिन नहुने  उहाँको धारणा रह्यो। पुस्तक विमोचन र विश्व कमिटीमा  बसिदिने दुवै प्रस्ताव  स्विकारिदिनुभएकोमा उहाँलाई धन्यवाद दिँदै हामी  बिदा हुने तरखरमा लाग्यौँ।  अन्त्यमा छुट्टिने बेलामा हामी सबै आश्चर्यचकित  हुने गरी उहाँले भगवान्  बुद्धका उपदेशलाई गीतमार्फत सुनाउनु भयो, जसको  अर्थ थियो– जसले जे रोप्छ  उसले त्यही पाउँछ।

एचआईभी एड्स रोकथामका लागि जनचेतना फैलाउन फुटबल प्रतियोगिता
विशाल रानामगर

नेपालगंज१९ भदौ

एचआईभी एड्स रोकथामका लागि जनचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको फुटबल  प्रतियोगिताको पहिला खेलमा रामजानकी दौतरी समूहले युथ स्टेप्स  नेपालगन्जलाई १ का विरुद्ध ४ गोलले पराजित गरेको छ ।

रामजानकी दौतरी समूहका तर्फबाट नवकिरण शाहले २६ र ५६ मिनेटमा २ गोल राजु  थापाले ५० औ मिनेटमा एक गोल र गम्भिर थापाले ५९ मिनेटमा एक गोल गरी ४ गोल  गरेका थिए । यसैगरी युथ स्टेप्सका तर्फबाट मनिष थापाले ५१ औं मिनेटमा एक  गोल गरेका थिए ।

सहयात्रा नेपाल तथा बाँके जिल्लामा एचआईभी र एड्सको क्षेत्रमा कार्यरत  संस्थाहरुको आयोजनामा सन्चालन गरिएको प्रतियोगिताको उद्घाटन बाँकेका  स्थानीय विकास अधिकारी तथा जिल्ला एड्स समन्वय समितिका अध्यक्ष शम्भुप्रसाद  लुँईटेल जिल्ला एड्स समन्वय समितिका संयोजक गंगाराम बुढाथोकी नेपाल  पत्रकार महासंघ बाँकेका अध्यक्ष झलक गैरे जिल्ला फुटबल संघका उपाध्यक्ष  मोहनिसंह थापाले संयुक्त रुपमा रेफि्रलाई बल हस्तान्तरण गरि गर्नुभएको थियो  ।

खेल पूर्व प्रतियोगिताका सहभागी समूहका खेलाडिहरुलाई सहयात्रा नेपालका  अध्यक्ष छविलाल तामांगले एचआईभी र एड्स बारेमा जानकारी दिनुभएको थियो ।  प्रतियोगिता अन्तर्गत दोस्रो खेल भाद्र २० गते बिहान नेपाल पत्रकार महासंघ  बाँके र आयोजक संस्था सहयात्रा नेपालबीच बिहान ७ बजेदेखि नेपालगन्ज  रंगशालामा हुनेछ ।

कम्युनिष्टहरुले संसदीय प्रणालीको अविश्वास गरे-नेता आचार्य
पोखरा१९ भदौ

नेपाली काग्रेसका नेता नरहरि आचार्यले  नेकपा एमालेले संसदीय प्रणालीलाई नै अविश्वास गरेको बताउनु भएको छ ।

शनिबार नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै  एमालेले प्रधानमन्त्रीको निर्वाचनमा तटस्थता बसेर संसदीय प्रणालीको उपहास  गरेको बताउनु भएको छ ।

कतै कम्युनिष्टहरु मिलेर संसदीय प्रणाली अविश्वास गरेका हुन काँग्रेस  आश्चर्यमा परेको छ आचार्यले पत्रकार सम्मेलनमा बताउनु भयो । उहाँले ससदीय  अभ्यासमा गईसकेपछि कुनैपनि हालतमा सहमतिय सरकार निर्माण नहुने बताउनु भयो ।   एमालेले गलत निर्णय गरेको कारणले देशमा अस्थिरता र देशले प्रधानमन्त्री  पाउन नसकेको बताउनु भयो ।

नेपाली काँग्रेसको अधिवेशनमा नयाँ युवा पुस्ता प्रवेश गर्ने बताउर्दै युवा  पुस्ताको नेतृत्व र विचारको राजनीति गर्ने आफूले तेस्रो धारको नेतृत्व  गरेको बताउनु भयो ।

रेडक्रस स्थापना दिवसमा सचेतनामूलक र्याली
पोखरा १९ भदौ

नेपाल रेडक्रस सोसाईटीको ४७ औ स्थापना दिवस अवसरमा जुनियर तथा युवा रेडक्रस सर्कल जनपि्रय उच्च माविले शनिबार पोखरामा आयोजना गरेको प्रतियोगितात्मक सचेतनामूलक र् यालीमा जुनियर रेडक्रस सर्कल पश्चिमााचल सैनिक आवाशिय माविको टोली प्रथम भएको छ । प्रतियोगितामा लोटस एकेडेमी दोस्रो र नविन उच्च मावि तेस्रो भयो । यस्तै करुणानीधि एजुकेसन फाउण्डेसन र महेन्द्र उच्च मावि सान्त्वना भए ।

कास्की विभिन्न जुनियर तथा युवा रेडक्रस सर्कल समुदायमा स्थापित रेडक्रस सर्कल गरी करिब ३ दर्जन टोलीले भाग लिएको सो र्यालीमा प्रथम द्धितीय र तृतीयलाई क्रमशः ३ हजार २ हजार र एक हजार साथमा प्रमाणपत्र प्रदान गरिएको छ । सान्त्वनाले पाँच÷पाँच सय रुपैयाँ पाए ।

रेडक्रसको मूल्य-मान्यता सिद्धान्त अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना शान्ति समझदारी र मित्रताको भाव दैवीप्रकोप प्राथमिक उपचार स्वास्थ्य सेवा जलवायुलगायतबारे सचेतना दिने खालको प्लेकार्ड ब्यानर पोष्टकार्ड बोक्ने तथा अन्य विविध विषयबस्तुलाई विजयीहरुको लागि आधार बनाइएको थियो ।

सिमलचौरस्थित जनपि्रय उच्च मावि परिसरबाट सुरु भई सिर्जनाचोक पृथ्वीचोक नयुबजार पोखरा उपमहानगरपालिका न्युरोडहुँदै पोखरा सभागृह पुगेको थियो । विजयीहरुलाई नेपाल रेडक्रश सोसाइटी जिल्ला शाखा कास्कीका सभापति रामप्रसाद ज्ञवालीले पुरस्कार वितरण गर्नु भएको हो ।

कार्यक्रममा निर्णायक समितिका मूलसंयोजक तथा रेडक्रस कास्कीका कोषाध्यक्ष डण्डराज शर्मा जनपि्रय उच्च माविका प्रअ रामबहादुर थापा ब्यवस्थापन समिति अध्यक्ष बलराम बराल शिक्षक नायकको तर्फबाट छोरेपाटन उच्च माविका शिक्षक युवराज सुवेदी युवा रेडक्रस सर्कल भदौरेतामाङ्गीका संरक्षक विष्णु भण्डारीलगायतले रेडक्रस मूल मान्यता र सिद्धान्तबारे बोल्नुभएको उच्चमाविका शिक्षक नायकसमेत रहनुभएका प्रतियोगिता संयोजक डिल्लीराम बरालले जानकारी दिनुभयो । र्यालीमा विद्यार्थी मानवअधिकारवादी संघसंस्थाका प्रतिनिधि साचारकर्मी एवं सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

तेस्रो लेखनाथ खुल्ला कप सेभेन-ए-साइड फुटबल प्रतियोगिताको फाइनल आईतबार
मनोज घर्तीमगर

पोखरा भदौ १९ गते

लेखनाथ क्लब ँए’ ब्वाइज युनाइटेड मनोहर क्लब र गण्डकी मेडिकल कलेज लेखनाथमा साचालित तेस्रो लेखनाथ खुल्ला कप सेभेन-ए-साइड फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

लेखनाथ क्लबको आयोजनामा गण्डकी मेडिकल कलेज पुरानो जेसीए को खेलमैदानमा शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा लेखनाथ क्लब ँए’ ले सनराइज क्लबलाई दुईका विरुद्ध तीन गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर् यो ।

लेखनाथ ँए’ का लागि अमृत तामाङले दुई तथा प्रवीन गुरुङले एक गोल गरेका थिए भने सनराइजका लागि सानु राई र बेल्जी भुजेलले एक-एक गोल गरेका थिए । दोस्रो खेलमा ब्वाइज युनाइटेडले बेगनास युवा क्लबलाई शून्यका विरुद्ध तीन गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर् यो ।

ब्वाइज युनाइटेडका लागि सवीन क्षत्रीले दुई तथा विनोद थापाले एक गोल गरेका थिए । तेस्रो खेलमा मनोहर क्लब मझेरीपाटनले डेभिडफल युथ क्लबलाई शून्यका विरुद्ध चार गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर् यो। मनोहरका लागि सुविन श्रेष्ठले दुई तथा अनिल अधिकारी र विशाल कार्कीले एक-एक गोल गरेका थिए ।

चौथो खेलमा गण्डकी मेडिकल कलेजले चौतारी युवा क्लबलाई शून्यका विरुद्ध दुई गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर् यो।गण्डकीका लागि दुवै गोल विवेक गुरुङले गरेका थिए ।

यसअघि भएको पहिलो पि्रक्वाटर खेलमा मनोहर क्लबले एबीसी लाई २-१ पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो। निर्धारित समय एक-एक गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा एबीसीका गोलकिपर सागर गुरुङको प्रहारमात्र गोलमा परिणत भयो भने युवराज गुरुङ र सुशील केसीको प्रहार गोलकिपर कुश कार्कीले सेभ गरेका थिए ।

मनोहरका लागि भने कुमार थापा र विशाल कार्कीको प्रहार गोलमा परिणत भयो भने भीम तुलाचनको प्रहार बाहिरिएको थियो। निर्धारित समयमा एबीसीका विजय गुरुङ र मनोहरका अनिल अधिकारीले एक-एक गोल गरेका थिए ।

दोस्रो पि्रक्वाटर खेलमा गण्डकी मेडिकल कलेजले लेखनाथ क्लब ँबी’ लाई शून्यका विरुद्ध पाँच गोलले पराजित गरेको थियो। गण्डकीका लागि डा। मदन थापा र डा। असीममणि त्रिपाठीले दुई-दुई तथा विवेक गुरुङले एक गोल गरेका थिए ।

आइतबार लेखनाथ क्लब ँए’ र ब्वाइज युनाइटेड क्लबबीच बिहान आठ बजे पहिलो तथा मनोहर क्लब र गण्डकी मेडिकल कलेजबीच नौबजे दोस्रो सेमिफाइनल खेल हुने छ भने दिउँसो एक बजे दुवै टीमका विजेताबीच फाइनल खेल हुने आयोजकका विनोद थापाले जानकारी दिए ।

प्रतियोगितामा हालसम्म धेरै गोल गर्नेमा एबीसीका सुशील केसी सात तथा ब्वाइज युनाइटेड क्लबका विनोद थापा छ गोल रहेका छन् । प्रतियोगितामा विजेता टीमलाई नगद नगद ३५हजार पाँच सय ५५ तथा उपविजेतालाई नगद २० हजार पाँच सय ५५ शिल्ड मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । यस्तै उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही दुई हजार र एक-एक सेट मोबाइल प्रदान गरिने बताइएको छ ।

सिद्धार्थ टोल विकास संस्थालाई आर्थिक सहयोग
पोखरा१९भदौ

सिद्धार्थ टोल विकास संस्था रामकृष्णटोललाई हरितालिका तीज मनाउनका लागि विभिन्न व्यक्ति तथा संस्थावाट सहयोग प्राप्त भएको छ । नजिकिएको तीजका अवसरमा संस्थाले आयोजना गरेको तीज विशेष कार्यक्रममा सहभागिहरुले उक्त सहयोग प्रदान गरेका हुन् ।

समाजसेवी शंभु कोइरालाले मातापिताको नाममा १५ हजारको अक्षयकोष स्थापना गर्नुका साथै वर्षेनी सोही रकममा एक हजार थप्दैजाने प्रतिवद्धता जाहेर गर्नुभयो । त्यस्तै गोपाल जी मन्दिर सेवा समितिले २ हजार समाजसेवी भक्तराज श्रेष्ठले एकहजार पाँच शय फिष्टेल मिट सप्लायस्रले पाँच शय सहयोग प्रदान गरे । ाजेश कोइरालाले प्राविधीक सहयोग गर्नुभएको सो कार्यक्रममा संस्थाका सदस्य एवं अतिथिहरुले नाचगान गर्नुका साथै तीजको शुभकामना आदान प्रदान गरेका थिए ।

संस्थाकि अध्यक्ष पार्वती माकाजुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा उपमहानगरपालिका गाउँ नगर साझेदारी विकास कार्यक्रम अधिकृत दुर्गा न्यौपाने निवर्तमान अध्यक्ष आशा खड्का समाजसेवी मंगलप्रसाद माकाजु मुक्ति पराजुली कृष्णप्रसाद कोइरालासंस्थाकि उपाध्यक्ष गोमा सुवेदीसचिव सम्झना माकाजु तथा कार्यक्रम संयोजक सिमा कोइराला लगाएले तीज सभ्य तरिकाले तीज मनाउनुपर्नेमा जोड दिएका थिए ।

पोखरामा सर्वाधिक पुरस्कारको सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु
मनोज घर्तीमगर

पोखरा१९भदौ

महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा पोखरामा शनिबार देखि सर्वाधिक पुरस्कार राशि भएको सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ ।

पोखराको अमरसिह ब्वाइज क्लब एबीसीले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक एबीसी ुएुको टोलीले शान्दार जित हात पार्न सफल भएको छ । अम्मरसिङचौरको खेल मैदानमा शनिबार सम्पन्न भएको उद्घाटन खेलमा आयोजकले माटेपानी युथ क्लवलाई शुन्यको बिरुद्ध एक तर्फी ५ गोलको फराकिलो गोल अन्त्ारले पराजीत गरेको हो । आयोजकको जितमा ए डिभिजनका खेलाडी सुसिल केसी र प्रताप सैजुले दुई÷दुई र विजय गुरुङले एक गोलको योगदान दिए ।

आजदेखि भदौ २६ गतेसम्म चल्ने प्रतियोगितको उद्घाटन नेपाल सेभेन ए साईड फुटबल महासंघ नेपालका अध्यक्ष नविन पुनले रेपि्रु दिपेन्द्र कार्की र हरिखड्कालाई बल हस्तान्तरण गरी गर्नु भएको हो । प्रतियोगितामा आयोजको ३ टोली सहित ३१ टोलीहरुको सहभागिता रहेको क्लबका अध्यक्ष राजेश गुरुङ्गले बताउनु भयो ।

क्लबका अध्यक्ष राजेश गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा अम्मरसिङ नमुना उच्चमाबि बिद्यालय ब्याबस्थापन समितिका अध्यक्ष विश्वप्रकास लामिछाने क्लबका उपाध्यक्ष रामराजासिङ बहादुर कार्की ज्ञानबहादुर थापा लगायतले मानव जिवनमा खेलकुद आवश्यक भएको बताउनु भएको छ ।

दोश्रो खुल्ल्ाा नकाउट सेभेन ए साइड फुटबल प्रतियोगितामा प्रथम हुनेले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ र दोस्रो हुनेले ३३ हजार ३ सय ३३ रुपैयाँ सहित ट्रफी मेडल प्राणपत्र पाउने छन्। त्यसैगरी प्रतियेागितामा उत्कृष्ट खेलाडी सर्वाधिक गोलकर्ता र अनुशासित टोलीलाई जनहि ५÷५ हजार रुपैयाँ प्रदान गरीने भएको छ । प्रतियोगिता सम्पन्न गर्न करीब ४ लाग लाग्ने आयोजकले जनाएको छ ।

गत बर्ष आयोजना भएको सेभेन ए साईड फुटबल प्रतियोगितमा भन्दा यस बर्ष दोब्बर भन्दा पनि अझ बढी बढाएको छ । अघिल्लो पटक प्रथमलाई २५ हजार र दोस्रोलाई १० हजार रुपैयाँ प्रदान गरिएको थियो । आईतबार पहिलो चरणका ६ वटा खेलहरु हुने भएको खेल संयॊजक सुवास गुरुङले बताउनु भयो ।

शहिद स्मृति कपको उपाधि सैनिक आवासिय महाविद्यालयलाई
मनोज घर्तीमगर

पोखरा१९भदौ

सैनिक आवासिय महाबिद्यालयले कास्की जिल्ला व्यापी पाँचौं अन्तरमावि स्तरीय सहिद भीमसेन दाहाल स्मृति रनिङ्ग कप फुटबलको उपाधि जितेको छ ।

पोखरा रङ्गशालाको हिलाम्मे मैदानमा शनिबार सम्पन्न भएको फाइनल खेलमा सैनिक आवासिय महाबिद्यालयलले पोखरा पार्दीको बालोदय बोर्डिङ स्कुललाई एक तर्फी शुन्यका विरुद्ध सात गोलको विशाल अन्तरले पराजित गर्दै पहिलो पटक उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो । उपाधि सहित सैनिक आवासिय महाबिद्यालयलले नगद १० हजार साथमा शिल्ड मेडल प्रमाण पत्र पायो । उपविजेतामा चित्त बुझाएको वालोदयले भने नगद ५ हजार पाएको छ ।

सैनिक आवासिय महाविद्यालयको जितमा विनोद खड्काले चार चन्दन चौधरीले दुई र सागर हिमाङ्ले एक गोलको योगदा खेल मैदानभरी पानु हुदु खेलाडी हिलाम्मे भएका थिए । प्रतियोगितामा उत्कृष्ट खेलाडी वालोदवका सुनिल विक घोषीत भए ।

प्रतियोगिताभरी सवैभन्दा वढी दश गोल गरेका सैनिक आवासिय महाविद्यालयका विनोद खड्काले सर्वाधिक गोलकर्ताको उपाधि पाए । खेलमा म्यान अफ दी म्याच समेत सैनिक आवासिय महाविद्यालयका विनोद खड्का घोषीत भए । मार्चपासमा सैनिक आवासिय महाविद्यालयल उत्कृष्ट भएको छ ।

प्रतियोगितमा गण्डकी आवासिय उच्चमाबि अनुसासित बिद्यालय घोषीत भयो । पुरस्कार वितरण समारेाहका प्रमुख अतिथी अखिल नेपाल फुटवल संघ कास्कीका अध्यक्ष खेम वहादुर गुरुङ कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खेमचन्द्र गुरुङ कास्की जिल्ल्ाा महिला फुटबल संघका अध्यक्ष भक्ती गुरुङ क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख कृष्ण थापा नेकपा एमाले कास्कीका सचिब कृष्ण थापा पुर्व अन्तराष्ट्रिय खेलाडी सिता गुरुङ खेलकुद पत्रकार माच कास्कीका अध्यक्ष मोहन घले लगायतले बिजयी खेलाडीहरुलाई पुरस्कार वितरण गर्नु भएको थियो ।

साहारा क्लवका अध्यक्ष विक्रम थकालीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा खेल संयोजक बिरभद्र आचार्य महासचिब केशवबहादुर थापा लगायतले बोल्नु भएको थियो । प्रतियोगितामा ३२ वटा निजी र ३ सरकारी गरी कुल ३५ माध्यमिक विद्यालयहरुका ३६ टोलीले सहभागिता जनाएका थिए ।

तीजको अवसरमा आमाहरु एचआईभि संक्रमितहरुसंग
मनोज घर्तीमगर

पोखरा१९भदौ

लागु औषध नियन्त्रण तथा समाज सुधार आमा समुहका आमाहरुले एचआईभि संक्रमित महीलाहरुलाई आर्थिक तथा खाद्यान्न सहयोग प्रदान गरेका छन । नजिकीँदै गरेको हरीतालीका तिजको अवसर पारेर संक्रमितहरुको बास स्थान कास्कीको सालडाँडामा रहेको आँकुरा भिलेजका महीलाहरुलाई आमा समुहले शुक्रवार सो सहयोग गरेका हुन् ।

शहर बजारको तिज मनाउने भड्कीलो शैलीलाई परीवर्तन गरी तिजलाई उपलव्धीमुलक र सार्थक बनाउनका लागी एचआईभि संक्रमित महीलाहरुसंग तिजको खुसी बाँड्न आएको आमा समुहकी सचिव बिष्णु गुरुङ्गले बताउनुभयो ।

त्यस्तै सँधैभरी पोखराको साँघुरो घेराभित्र बसेर मनाईरहेको तिजलाई सिर्जनशिल र अर्थपुर्ण रुपमा मनाउने मनसायले एचआईभि संक्रमितहरुको बास स्थान आँकुरा भिलेजमा आएको कोषाध्यक्ष प्रभा पन्तले बताउनुभयो । नजिकीँदै गरेको तिजमा संक्रमित महीलाहरुले अभावमा बस्नु नपरोस भनेर थोरै भए पनि सहयोग गर्न पाएकोमा आमा समुहका पदाधिकारीहरुले खुसी व्यक्त गर्नु भएको थियो ।

त्यस्तै तिज नजिकीँदै गर्दा नियास्रो लागीरहेको बेला आफुहरुलाई सम्झीएकोमा संक्रमितहरुले आमा समुहका पदाधिकारीहरुलाई धन्यवाद दिएका थिए । पहीला जस्तै रमाईलो तरीकाले तिज मनाउन नपाए पनि बिस्तारै बानि पर्दै गएको संक्रमित महीला कमला विकले बताउनुभयो ।

पाँच जना संक्रमित महीलाहरु रहेको सो आँकुरा भिलेजमा दैनिक जिवन निर्वाहका लागी सामान्य समस्या भए पनि त्यस्तो जटील समस्या भने नभएको उनिहरुले बताएका छन । अहीले आँकुरामा कमला विक लक्ष्मी अधिकारी पुर्णकला भुषाल माजु राणा मगर र विन्दु सुनारका साथै संक्रमित पुरुष वासु श्रेष्ठ पनि रहेका छन ।

सहयोग हस्तान्तरण कार्यक्रममा आमा समुहकी सचिव विष्णु गुरुङ्ग कोषाध्यक्ष प्रभा पन्त सल्लाहकार सदस्यहरु पुनम गुरुङ्ग मिना गुरुङ्ग शान्तीदेवि गुरुङ्ग भिमादेवि गुरुङ्ग र एड्स रोग नियन्त्रण महासंघ कास्कीका संयोजक विश्वमोहन गौचन पत्रकारहरु मनोज घर्तिमगर र अनिल शाही पनि गएका थिए ।

त्यस अवसर आमा समूहकी सल्लाहाकार पुनम गुरुङ्ग र शान्तीदेवि गुरुङ्गले व्यक्तिगत रुपमा एक हजार एक सय रुपैया संक्रमित महिलाहरुलाई तीजमा चुराटिका किन्न भन्दै प्रदान गरेका थिए ।